Skip to main content

आशामा टेकेर संभावनालाइ उजागर गरौँ


नेत्र सुवेदी "प्रयास"

सोचको यो पाटोवाट कुरा शुरु गरुँ । कठिनाइहरु छन् र त समाधानको गुन्जायस छ । नेपाल विपन्न छ र त यसलाइ समुन्नत वनाउने मौका हामीसँग छ । हो वाधाहरु छन् । इच्छा चाहना हुँदाहुँदै पनि विभिन्न संरचनात्मक तथा प्रविधिजन्य अप्ठेरा हामीसँग छन् । सामाजिक सांस्कृतिक विविधताले भरिपूर्ण Heterogeneous society भएको कारणले पनि हामीकहाँ गतविगतदेखिको असमान व्यवहार र अपहेलित अनुभूतिहरु देखिदा अविश्वास एवं शंकाको वातावरण वन्यो । समाजको चित्रण के मा पर्दैन ? अरु मुलुकले रफ्तारमा विकास गरिरहँदा हामीहरु घरेलु समस्यामै अलमलियौँ । अव यसो हेर्नुछ जताततै सूचनाका आँखाले अनि आपसी मनमुटाव हैन भावानात्मक एकता सृजना गर्नुछ आफ्नै मुलुक वनाउनको लागि जसमा हामी सवैको भविष्य अडिएको छ । 
हो हामीकहाँ विकासले गति लिनकै लागि पनि धेरै काम गर्न वाँकी छ । स्रोत र समयको कसीमा यदि हामी सवैले जिम्मेवार र गम्भिर भएर प्रस्तुत हुने हो भने सवैखाले समस्या एक एक गरेर साइड लाग्नेछन् । हामी हिमालयको काखमा अवस्थित छौँ भूभाग अलि जटिल छ समुद्रसम्मको पहुँच छैन । विजुली, इन्धन, खानेपानी, सडक अनि वित्तिय सेवामा हामी छिटै दरिलो वन्नका लागि वैदेसिक सहयोगसमेत जुटाएर अनि संभाव्य अरु स्रोतको पनि सदुपयोग गर्नुपर्ने देखिन्छ । 
तथापि यिनै समस्याभित्र पनि पर्यटनको व्यापक विस्तार र विशाल मुलुक भारतसँगको सहकार्यको संभावना छ । उत्तरतर्फको चीन पनि नेपालमा लगानी गर्न इच्छुक नै छ । अहिले आएर नेपाली युवाहरु संसारभर छरिएर आफ्नो क्षमता देखाएका छन् कामदार, उद्यमी वा अन्य कुनै हिसावले । अंग्रेजी र आइटीमा पनि हाम्रो जनशक्ति कमजोर छैन । केही नवीन तालिमहरु देशमै सिक्ने अवसर सृजना भएमा दक्ष जनशक्तिले देशभित्र वा वाहिर जहाँ रहेपनि देशका लागि गुणात्मक योगदान गर्न सक्ने थियो । यसतर्फ लगानीकर्ताहरुले चासो देखाउनुपर्यो ।
हो सत्य सत्य नै हो । यसलाइ छोपेर छोपिन्न । नीतिलाइ निर्दिष्ट रुप दिने राजनीतिक क्षेत्र संक्रमणकालको भूमरीमा छ । पार्टीहरु टुक्रनु र खेमामा विभाजित हुनु कुनै एजेण्डामा सहमती नजुट्ने कारक वनेको छ । देशको लागि धेरै पार्टी र धेरैखाले विचारधारा भन्दा पनि नेपाल सुँहाउदो आर्थिक प्रणालीमा एकजुट हुन सक्ने नेताहरु चाहिएको छ । अनि स्रोत हुनेहरुले देखाउने तत्परता तथा नागरिकको साथले पनि उत्तिकै अर्थ राख्दछन् । अव आइन्दा सरकार संचालनलाइ नागरिकप्रतिको जिम्मेवारी तथा विश्वपरिवेशमा शीर ठाडो पार्न मिल्ने वनाउन राष्ट्रिय भावनायुक्त विकास अभियान आवस्यक छ । राजनैतिक अगुवाइमा अरु क्षेत्रले होस्टेमा हैसे गर्न तयार नै छन् । राजनीतिले उल्टो नहिडेमात्र हुन्छ । 
नेपालले विगतमा जनाएका प्रतिवद्दताहरु तथा क्षेत्रीय संगठन एवं विश्वस्तरकै संस्थाहरुसँगको आवद्दताले नेपालले केही सिक्न पाएको छ भने केही सहयोगी हातहरु वढेका पनि छन् । तथापि खूला परिवेश अनि वजार अर्थतन्त्रमा वहुपात्र प्रणाली अवलम्वन गरी विकास गर्नका लागि आधारभूत तहमा केही ठूला निर्माण कार्य गर्नको लागि समुदायको साथ, सरकारी संयन्त्रको सहजीकरण र दाता एवं लगानीकर्ताको चासो नभै हुँदैन । नेपालमा लगानी गर्दा जोखिम छैन । यहाँको हावापानी, मूल्य तथा लगानीबाट मुनाफा पनि निश्चित छ भन्ने कुरामा विश्वस्त गराउनु ढिलो गर्नु हुँदैन । 
हामी त्यस्तो मुलुकमा छौँ जहाँ अभाव छ, दु:ख छ, द्व्न्दपछिको समाज छ, विगतबाट यथेष्ट सिकाइ छ, सचेत नागरिक छन् । तथापि लाग्छ कुनैपनि काम गर्नु असम्भव पक्कै छैन । सरकारले विकासको नीतिगत एजेण्डालाइ निरन्तरता दिने उद्घोष गरोस्, लगानीकर्ता तथा दाताहरुले शुरुवाती धक्का दिने वेला सहभाव देखाउन । अनि हाम्रा संभावनाहरुले आशाको टेको पाउनेछन् । मुलुक केही वर्षमै कठीन अभावहरुलाइ छिचोल्नेछ । काम गरेर प्रतिफललाइ प्रदर्शन गर्दै सर्वसाधरण नेपाली तथा थप लगानीकर्ताको विश्वास जित्नु नै आजको प्राथमिक भूमिका हो । 

उपसचिव नेपाल सरकार
जन्मस्थान : पिडिखोला घलाम । 
हाल अध्ययनको क्रममा आजु विश्वविद्यालय, दक्षिण कोरिया
यो लेख nepalkoreanews.com online magazinema समेत विचार स्तम्भ अन्तर्गत प्रकाशित छ ।

Content from : http://pindikholaonline.blogspot.com/2013/09/blog-post.html

Comments

Popular posts from this blog

श्री नरोदय माध्यमिक बिधालयमा CTEVT बाट मान्यता प्राप्त १८ महिने बाली बिज्ञान विषय पढाई हुने

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ६ पिडिखोला स्थित श्री नरोदय माध्यमिक बिधालयमा CTEVT बाट मान्यता प्राप्त १८ महिने बाली बिज्ञान विषय पढाई हुने र आ बेदन फारम ,प्रवेश परिक्षा सम्बन्धि सूचना CTEVT को सूचना अनुरुप छिटै हुने भएकोले उक्त विषय पढ्न इच्छुक विद्यार्थी हरु ले अग्रिम रुप मा आफ्नो नाम विद्यालय मा टिपाइ आफ्नो सिट सुरक्षित गर्नु हुन को लागि हार्दिक अनुरोध गर्दछौं । आफ्नो गाउँ ठाउमा प्राविधिक शिक्षा को पहिलो प्रयास को रुपमा संचालन हुने यो कार्यक्रम लाई सफल बनाउन र प्राबिधिक शिक्षा मार्फत आफ्नो गाउँ नगर र देश बिकास गर्न को लागि नरोदय मा बि को यो प्रयास कोसेढुङ्गा साबित गर्न को लागि सम्पुर्ण शिक्षा प्रेमी महानुभाब ,शुभचिन्तक भु पु विद्यार्थी सबै को पुर्ण सहयोग को अपेक्षा गर्दै यो सन्देश सेयर गरि सम्पुर्ण अभिभावक एबम विद्यार्थी समक्ष पुर्‍याउन सहयोग गरिदिनु होला। बिस्तृत जानकारी को लागि विद्यालय मा सम्पर्क गर्नु होला ।कुनै जिज्ञासा भए कमेन्ट गर्नुहोला ।

आफु पढेको बिधालय र साथीहरूको याद

थुप्रै सालहरु बिते आफु पढेको यो बिधालय र साथीहरूको यादले सताएको छ !! रमाइलो त्यो बालापन , वारीपारी गर्दै तरेको पिडिखोला रुम्टे खोलाको याद ताज बनेर आउछ साथीहरू कता कता छरिएका छौ मुस्किलले पनि भेट्न पाइएको छैन # अब सबैजना प्लान बनाएर भेटनु पर्छ !! सकेसम्म यहि हाम्रो बालपन बितेको बिधालयमा नै भेटौ नभए कि बुटवल कि पोखरा , ल साथी हो !!! अब भेट्नु पर्छ सबैजना ल ????? Image by :  https://www.facebook.com/tara.chapagain.94

Ghumaure Ghar

Photo from Krishna Bhusal's Facebook ID.